राष्ट्रिय सभा बैठक साउन ४ मा बस्ने

 राष्ट्रिय सभा बैठक यही साउन ४ गते बस्ने भएको छ । पटक–पटक स्थगित हुँदै आएको राष्ट्रिय सभा बैठक साउन ४ गते दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन ४ गते बस्ने जानकारी दिए ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम १ बमोजिम बैठक आह्वान गरिएको उनले बताए ।

राजनीति