एक साताबाट हराइरहेकी हेटौंडा १३ की घलान मृत भेटिइन्

असार २५ गते देखी हराएकी  हेटौंडा १३ बुद्धचोककी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । स्थानीय ४३ वर्षीया महिला कृष्णमाया घलान मृत भेटिएकी हुन् । घलान हराइरहेकी एक साता पछि सोहि वडाको गोठदमारको सल्लाघारी जंगलमा मृत फेला परेकी मकवानपुर प्रहरीले जनाएको छ । 
निजका छोरा समन घलानले असार २५ गते आफ्नो आमा हराएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका थिए । मंगलबार प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले सल्लाघारी जंगलमा सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले बताएका छन् । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको आवश्यक अनुसन्धान भइरहको प्रवक्ता कार्कीले जनाएका छन् ।   
 

समाचार