सुनचाँदीको मूल्य बढ्यो

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँ पुगेको छ ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अर्थ