कोरियामा पानी जहाज कम्पनीमा कामदारका लागि आवेदन खुल्यो

दक्षिण कोरियामा पानी जहाज कम्पनीका लागि आवेदन फारम खुलेको छ । इच्छुक नेपाली कामदारले यही साउन २० गतेदेखि २४ गतेसम्म अनलाइन आवेदन दर्ता गर्न सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।

नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी अनुसार इपिएस अन्तर्गत नेपाली कामदार पठाउन छनोटका लागि भाषा परीक्षा आवेदन खुलेको हो ।

करिब २ हजार ५ सय कामदारका लागि भाषा परीक्षा आह्वान गरिएको हो । भाषा परीक्षा असोज १ गतेदेखि हुने इपिएस कोरियाले जनाएको छ । परीक्षास्थल र समय भदौको ८ गते प्रकाशित हुनेछ ।

समाचार