माओवादी केन्द्रद्वारा विधान सम्मेलन गर्ने तयारी

नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्ने तयारी गरेको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो ।

२०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी बैठकमा नेताहरुले विशेष महाधिवेशन भन्दा विधान सम्मेलन गर्न सुझाव दिएको नेताहरुले बताएका छन् ।

माओवादीलाई विधि विधानमा चलाउन विधान सम्मेलन गर्न नेताहरुले सुझाव दिएपछि विशेष महाधिवेशन रोकिएको हो । पार्टीलाई व्यवस्थित बनाउन विधान सम्मेलन गर्ने गरी छलफल केन्द्रित भएको सचिव दीनानाथ शर्माले बताए ।

राजनीति