अवैध लागूऔषधसहित पक्राउ परिन् मकवानपुरकी मगर

धादिङको थाक्रे गाउँपालिका–२ समानटारबाट शनिबार अवैध लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध पोल्याण्ड करिब २ केजीसहित मकवापुरको थाहा नगरपालिका–७ बस्ने ३० वर्षीया शर्मीला मगरलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार, आग्रापुरीयाबाट महादेववेशीतर्फ आउँदै गरेको ना.५ ख ६५९० नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट सो परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरिइको हो ।

उनलाई प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकी उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचार