बागमतीका विना विभागीय मन्त्रीको जिम्मेवारी तोक्ने तयारी

बागमती प्रदेशका विना विभागीय मन्त्रीको भोलि साउन १८ गते बिहीबार जिम्मेवारी तोक्ने तयारी गरिएको छ ।

गत आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकमा भएको अनौपचारिक छलफलमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिहीबार विना विभागीय मन्त्रीको जिम्मेवारीबारे छिनोफानो गर्ने छलफल भएको एक नेताले बताए ।

ती नेताका अनुसार, ११ मन्त्रालय रहेको प्रदेशमा एक मन्त्रालय थपेर आगामी बिहीबार बिना विभागीय मन्त्रीलाई जिम्मेवारी दिने सहमति भएको छ । जस अनुसार प्रदेशमा अब १२ वटा मन्त्रालय हुनेछन् ।

विगत ७० दिनदेखि कांग्रेसबाट मन्त्री बनेका रामकृष्ण चित्रकारले मन्त्रालयको जिम्मेवारी पाउन सकेका छैनन् । चित्रकारलाई पछि विभाग तोकिनेगरी जेष्ठ ७ मा मन्त्री नियुक्त गरिएको थियो ।

प्रदेश समाचार बागमती प्रदेश