जारको पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक उद्योग सिल

जारकाे पानीमा किरा भेटिएपछि काठमाण्डाैकाे एक पानी उद्याेग सिल भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका कर्मचारी सम्मिलित अनुगमन टोलीले चन्द्रागिरि नगरपालिका मातातीर्थमा रहेकाे एक पानी उत्पादन कम्पनीमा सिल लगाएको छ ।

अस्ति मङ्गलवार जारको पानीमा किरा भेटिएको भन्ने सूचनाको आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौ, जिल्ला प्रशासन कार्यालयका अधिकृतहरू तथा नेपाल प्रहरीको संयुक्त टोली स्थानीय माता विष्णुदेवी फुड् एन्ड वेभरेज प्रालीकाे उत्पदान केन्द्रमा स्थलगत अनुगमनमा गएको थियो । त्यस क्रममा पनि फोहोर पानी भेटिएपछि पानी उत्पादन केन्द्रमा बिक्री/बितरण गर्न नपाउने गरी प्रतिबन्ध लगाएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

समाचार