सामाखुसीमा नालामा खसेर बेपत्ता भएका बालक ११ दिनपछि दक्षिणकालीमा मृत भेटिए

सामाखुसीमा नालामा खसेर बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ भुल्काको बाग्मती नदी किनारमा मृत फेला परेका छन् ।

मगरलाई साउन ७ गते काठमाण्डाैकाे सामाखुसीमा आएको बाढीले बगाएको थियो । काठमाण्डाै प्रहरी परिसर प्रवक्ता कुमोध ढुंगेलका अनुसार मुचुल्का सकेर पोस्टमार्टमका लागि शव शिक्षण अस्पतालमा लगिएको छ । मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो ।

सामाखुसी घर भएका साजन पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्दै आएका थिए ।

समाज