लागूऔषधसहित हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका –१५ रातोमाटे चेकप्वाइन्टबाट प्रहरीले बिहीबार लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको हरियरपुर गाउँपालिका– ३ नयाँ बस्ति बस्ने ३० बर्षीय बुद्ध बहादुर भोलान र सोही स्थान बस्ने ३० बर्षीय लालबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको यात्रुबहाक बसमा सवार भोलन र तामाङलाई ६ किलो ५०० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेमा उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

समाज