रास्वपाद्वारा केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तयार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

त्यस्तै, स्नातक उत्तीर्ण नभए सम्बन्धित विभाग अनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

स्थानीय तहका विभाग प्रमुखका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण वा विभाग अनुसारको क्षेत्रमा दुई वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको महामन्त्री ढकालले बताए ।

राजनीति