चोरीको सुन किनेको आरोपमा हेटौंडाको पूर्ण शाक्यका सञ्चालकसहित २ जना पक्राउ

हेटौंडा । चोरीको सुन किनेको आरोपमा हेटौंडा बजारको कान्तिराजपथ स्थित पूर्ण शाक्य एण्ड सन्सका सञ्चालक प्रतीक शाक्यसहित दुई जना पक्राउ परेको खुलेको छ । शाक्य गत साउन ११ गते पसलबाट पक्राउ परेका हुन् ।

शाक्य सहित शाक्यलाई सुनचाँदीका गहना बिक्री गर्ने हेटौंडा-६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । दिनेशलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

शाक्यले हेटौंडा-१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुनचाँदीको गहना खरिद गरेका थिए ।

कार्कीको घरबाट दिनेशले सुनचाँदीको गहना चोरी गरेर शाक्यलाई बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दिनेशले चोरीको सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दिनेशले सुनको बिल सहित चोरी गरेको र बिल सहित शाक्यको पसलमा बिक्री गरेका थिए । प्रहरीले दुवैलाई चोरीको आरोपमा मुद्धा लगाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अर्थ