हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध

हेटौंडा । पहिरोका कारण हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडक अवरुद्ध भएको छ ।

शुक्रबार कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-११ आँपचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

समाचार