आइतबार सुनको मूल्य बढ्दा,चाँदी स्थिर

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार सुन अघिल्लो दिनको भन्दा ३ सयले बढेको हो । शुक्रबार १ लाख १२ हजार २ सय रहेको छापावाल सुन आज प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आइतबार पनि चाँदीको मूल्य भने स्थिर महासंघले जनाएको छ ।

अर्थ