प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच संवाद

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार संवाद भएको छ । उनीहरूबीच टेलिफोन संवाद भएको हो ।
संवादमा नेपाल-भारत सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ । त्यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका महत्त्वपूर्ण समझदारीहरूको कार्यान्वयनको प्रगतिबारे गहन कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजनीति