पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सुचारु

हेटौंडा । पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले सुचारु भएको छ ।

आइतबार विहान भिमफेदी–९ मा ढुङ्गा सहित पहिरो खस्दा हेटौँडा हुदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ भैसे,पालुङ,नौबिसे सडक अवरुद्ध बनेको थियो । पहिरो खसेको जानकारी पाएपछि प्रहरी पुगेर पहिरो हटाउने कार्य भएसंगै अहिले त्रिभुवन राजपथ सडक खण्ड सुचारु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

समाज