मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा पहिरोले घर बगाउँदा ५ जना वेपत्ता भएका छन् ।

राति घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ५ जना घरसहित बागमती नदिमा बगेका छन् । वडा अध्यक्ष विजयकुमार व्लोनका अनुसारसिक्रे दोभानका अक्कल बहादुर(धारापानी) स्याङ्तानको घर पहिरोले बगाउँदा ५ जना वेपत्ता भएका हुन् । स्थानीयले एकजनाको उद्धार गरि उपचारका लागि पठाएका छन् । बाँकीको खोजी भइरहेको वडाध्यक्ष व्ल‍ोनले बताए । घरमा धारापानीसहित श्रीमति, छोरी, ज्वाइँ र २ बच्चा रहेका थिए । पहिरो गएको स्थानमा एकघर मात्रै रहेको जनाइएको छ । घटनास्थलमा प्रहरी टोली पुग्दैछ ।

समाज