बर्षे बिदामा पनि पढाई भइरहेको सरस्वती विद्यालय (भिडियो सहित)

२१ साउन,मक्रान्चुली- अहिले मकवानपुरका अभिकांश सामुदायिक विद्यालय वर्षे बिदाका कारण बन्द छ । तर मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयमा भने पढाई भइरहेको छ ।

कक्षा ८ सम्म पढाई हुने विद्यालयमा अहिले कक्षा १-८ मा करिव ७० जना विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका निजि श्रोतका शिक्षक रुपक अधिकारीले बताउनुभयो । बिदाको समयमा विद्यार्थीहरुले घरमा खासै पढाईमा रुचि नदिने भएका कारण अतिरिक्त कक्षा संचालन गरिएको उहाँको भनाई रहेको छ ।

विद्यालयमा विद्यार्थीको कक्षा अनुसार फुलबारीको ब्यवस्थापनको शुरूवात गरिएको छ । प्रत्येक शुक्रबार विद्यार्थीहरुले आ-आफ्नो फुलबारीमा गोडमेल तथा सरसफाइ गर्ने गरेको र जसका कारण विद्यालयमा सानै उमेर देखि आफ्नो काम आफैले गर्नुपर्ने बानी बस्ने शिक्षक अधिकारी बताउनु हुन्छ ।

साउन २१ गते बिहान विद्यालय पुग्दा त्यहाँको दृश्य -(सम्पादित भिडियो )

मुख्य समाचार रोचक शिक्षा समाचार समाज स्थानीय