एमालेलाई विश्वप्रकाशको प्रश्न : ३३ किलो सुनको फाइल किन सामसुम पारियो ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्ने एमालेले ३३ किलो सुन तस्करी प्रकरणको फाइल गुपचुप राखेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै शर्माले एमालेले प्रहरीलाई विश्वास गर्न नसकेको हो ? भनेर प्रश्न गरे।

‘अहिले (एमाले) साथीहरू उच्चस्तरीय समितिको कुरा गर्दै हुनुहुन्छ तर ३३ किलो सुन तस्करी प्रकरणमा छानबिन त परको कुरा फाइल सामसुम पारियो।’ शर्माले भने, अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ, के सिआइबीप्रति आंशका हो ?’

विमानस्थलबाट सुन आउँदै गर्दा सरकारको एउटा निकायले कमजोरी गरेको र सिनमंगलबाट सरकारकै अर्को निकायले पक्रिएको भन्दै उनले अनावश्यक शंक गरिएको बताए।

‘कानुन र संविधानले बलियो बनाएका संस्थाप्रति हामी किन विश्वास गर्न सकिरहेका छैनौं, यसको छानबिन गरौं। शर्माले भने।

भ्रष्टाचारका फाइलहरू क्रमशः खुल्दै जान थालेपछि एमालेले अनावश्यक शंका गरेर विषयान्तर गर्न खोजेको आरोप लगाए।

राजनीति