मकवानपुर नेत्रहीन संघको नवनिर्मित भवनको उद्घाटन

२६ साउन,हेटौंडा – मकवानपुर नेत्रहीन संघको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । हेटौंडाको वडा नम्बर ७ स्मृति टोलमा भवनको निर्माण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा भवनको उद्घाटन गरिएको हो । मकवानपुर नेत्रहीन संघका अध्यक्ष केदार बहादुर बजगाँईको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाका निर्देशक बिष्णुमाया लामिछाने , नेत्रहीन संघ बागमती प्रदेशका अध्यक्ष निश्चल रोक्का , शिक्षा निर्देशनालयका निर्देशक पुर्ण बहादुर दर्जीको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्मृति टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण भट्ट , मकवानपुर नेत्रहीन संघका पुर्व अध्यक्ष तोरण बहादुर ओझा लगायतकाको उपस्थिति रहेको थियो ।

हेटौंडा उपमहानगरपालिकाको १४ लाख र संघको आन्तरिक २ लाख गरि जम्मा १६ लाखको लागतमा भवनको निर्माण गरिएको मकवानपुर नेत्रहीन संघका अध्यक्ष बजगाँईले जानकारी दिनुभएको छ ।

आज नै संघले उत्पादन गरेको सब्जी मसलाको समेत उद्घाटन गरिएको छ । उद्योगको मेशिन तथा तालिमका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख सहयोग गरेको अध्यक्ष बजगाँईले बताउनुभयो ।

बागमती प्रदेश समाचार समाज