मकवानपुरगढीमा पनि फैलियो आँखा पाक्ने रोग, सतर्कता अपनाउन सुझाव

हेटौडा । आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएसगै यसको प्रकोप मकवानपुरगढी गाउँपालिकामा पनि देखिन थालेको छ । मकवानपुरगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुब्र लामिछानेको अनुसार मकवानपुरगढी गाउँपालिका भरीमा एक सय भन्दा बढी ब्यक्तिहरुका यस रोगको संक्रमण फैलिसकेको छ । विशेष गरि स्कुले केटाकेटीहरुमा यो रोगको समस्या देखिएको लामिछानेले बताउनु भयो ।

यो रोगका कारण सुरुका दिनमा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने जस्ता लक्ष्ण देखिने लामिछाने बताउनु भयो । साथै आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिरहेकाले महामारी फैलिने खतरा रहेकोले भन्दै लामिछानेले सावधानी अपनाउन गाउँबासिहरुलाई सुझाव दिएका छन् ।

लामिछानेका अनुसार सामान्यतयता यो रोग एक देखि दुई हप्ताभित्र निको हुने तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा भएको हुदा आँखामा कुनै पनि समस्या देखिए नजिकैको स्वास्थ्य सस्थांमा चेक जाच तथा परामर्स गर्ने वा आँखा अस्पतालमा जँचाएर मात्र औषधि प्रयोग गर्नुपर्ने लामिछानेले आग्रह गर्नु भयो ।

स्वास्थ्य