सांसद शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

प्रतिनिधि सभा सांसद तथा डा. सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामा नराखिकन अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।

प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिएको हो । शर्मा बिहीबार राजधानीको गोल्फुटारबाट पक्राउ परेका थिए ।

सो प्रकरणमा ८ जनालाई ब्युरोले पक्राउ गरेपनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने ५ दिनको म्याद थप भएको जनाइएको छ ।

राजनीति