फोनिज मकवानपुरले स्थापना दिवस मनायो

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुर शाखाले शनिबार बिहान प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको स्थापना दिवस मनाएको छ

बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्यचोक सिमाचोकबाट उद्योग वाणिज्य संघ मकवानपुरसम्म प्रभातफेरी कार्यक्रमको अयोजना गर्दै फोनिजको २४औँ स्थापना दिवस मनाएको हो ।

“पहिचान र अधिकारका लागि समावेशी सञ्चार, ऐन कानुनको निर्माण, संविधान कार्यान्वयनको आधार” भन्दै हेटौंडामा स्थापना दिवस मनाएको हो । फोनिज मकवानपुर शाखाका अध्यक्ष अशोक सुजन श्रेष्ठको सभाध्यक्षमा कार्यक्रम भएको हो । अध्यक्ष श्रेष्ठले कार्यक्रममा मन्तव्य राख्दै देशभर आइरहेको आर्थिक मन्दीले पत्रकारहरुको जीविकोपाजर्नमा समस्यामा परेको बताए । श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयनमा नआउँदा समस्यामा परेको उनले बताए ।

उनले श्रमजीवि पत्रकारहरुको हकहितका लागि फोनिजले सरोकार निकाय समक्ष आवाज उठाउन भूमिका खेल्ले बताए । फोनिजका केन्द्रीय प्रतिनिधि सुवर्णलाल श्रेष्ठले फोनिजको वृद्विविकासको लागि सबै आदिवासी पत्रकारहरुको सक्रिय सहभागी हुनुपर्ने बताए ।

समाचार