कांग्रेस हेटौंडाले खटायो १९ वटै वडामा प्रतिनिधि, नगर सेवा दल गठन

हेटौंडा । नेपाली कांग्रेस हेटौंडा नगरकार्य समितिले हेटौंडाका १९ वटै वडामा प्रतिनिधि खटाएको छ ।

नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको शुक्रबार बसेको बैठकले कांग्रेसको अभियानको रुपमा चलिरहेको विशेष आन्तिरीक अभियानका लागि हेटौंडाका १९ वडामा प्रतिनिधि खटाएको हो ।

कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीको सभाध्यक्षतामा समितिको शुक्रबार बसेको बैठकले शनिबार र आइतबार वडास्तरीय विशेष आन्तिरीक अभियानका केन्द्रीय कार्य समितिको कार्यविधि अनुसार वडा सभापति, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधी र केन्द्रीय प्रतिनिधीको प्रत्यक्ष सम्पर्कमा रहने गरी प्रतिनिधि खटाइएका कांग्रेस हेटौंडा नगर सचिव हर्क रत्न लामाले बताए ।

बैठकमा कांग्रस बागमती प्रदेश सदस्य तथा प्रदेश प्रतिनिधि कैलाश कोइराला, जिल्ला प्रतिनिधि प्रभात कुमार दाहाल, लगायत नेपाली कांग्रेस हेटौंडा नगरकार्य समितिका पदाधिकारी, हेटौंडाका कांग्रेसबाट निर्वाचित वडाअध्हरुको सहभागिता रहेको थियो ।

त्यसैगरी कांग्रेस हेटौंडा नगर कार्य समितिले विभिन्न विभागमा संयोजक र सह–संयोजक चयन गरेको छ । कांग्रेस हेटौंडाले प्रशिक्षण विभाग संयोजकमा नगर उपसभापति रामकृष्ण कोइराला र सह–संयोजकमा लिलानाथ ढुङ्गेल, संगठन विभाग संयोजकमा कुमार पौडेल र सह–संयोजकमा कुमार तिम्लसिना र महिला संयोजकमा नगर उपसभापति डोल्मा स्याङ्बो र तरुण तथा नेपाल विद्यार्थी संघ संयोजकमा हर्क रत्न लामालाई जिम्मेवारी दिइएको नगर सभापति उत्सव इटेनीले बताए ।

नेपाली कांग्रेस हेटौंडा नगरकार्य समितिले दैविक विपत् र त्यसको उद्धार कार्यका लागि कांग्रेस हेटौंडा सह–सचिव विकास बानिँयाको संयोजकत्वामा ५१ सदस्य नगर सेवा दल समेत गठन गरेको छ । सेवा दलले प्रकोप, महामारीको अवस्थामा उद्धार कार्य गर्ने र प्रशासनसँगको समन्वयमा प्रकोप, महामारीमा खट्ने इटेनीले बताए ।

राजनीति