सातामा प्रतितोला ११ सयले घट्यो सुनको भाउ

यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार १ हजार १ सय रुपैयाँले भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यो साता चाँदीको भाउ प्रतितोलामा ५० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १ हजार ४२५ रुपैयाँ रहेको थियो । जुन, यो साताको शुक्रबारसम्ममा घटेर १ हजार ३ सय ७५ रुपैयाँ प्रतितोला कायम भएको छ ।

अर्थ