सुन तस्करी प्रकरण : पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा

सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंका गरी पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् ।

शुक्रबार बिहान पक्राउ परेका चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान रिहा भएका हुन् ।

उनीहरूलाई अध्यागमन विभागले चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमनले उनीहरूलाई कालोसूचीमा राखेको थियो ।

अध्यागमनले पक्राउ गरी सीआईबीलाई बुझाएका उनीहरूको सुन तस्करीमा संलग्नता रहेको नपाइएपछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

समाचार