मकवानपुर क्रिकेटको अधिवेसनमा आएका प्रतिनिधीलाई कालो पदार्थ छ्यापियो

हेटौँडा । मकवानपुर क्रिकेट संघ (क्यान)को जिल्ला अधिवेशनमा आएका क्यानका प्रतिनिधी अर्थात केन्द्रीय सचिव दुर्गाराज पाठक अज्ञात समूले कालो तरल पदर्थ छ्यापेर भागेका छन् ।
मकवानपुर क्रिकेट संघ (क्यान)को अधिवेसन स्थलमा हेटौँडा–४ स्थित हुप्राचौरको क्विक ट्वान्टी होटलमा स्कुटरमा आएका तिनजनाको समूहले पाठक माथि कालो तरल पदार्थ (मोबिल) छ्यापेर भागेको मवानपुर प्रहरीले जनाएको छ। पाठक प्रहरी सुरक्षामा रहेको र कालो तरल पदर्थ छ्यापेर भागेकाको खोजि कार्य भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् । घटनाको जिल्ला प्रहरी कार्यालमा निवेदन परेको डिएसपी कार्कीले जनाएका छन्

समाचार