बागमती प्रदेशसभा बैठकबाट पन्छीदै प्रदेश सरकार, तत्काल बैठक बोलाउन प्रतिपक्षि दलको माग

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेट पारित गरेपछी प्रदेशसभा बिजनेस बिहीन भएको छ । करिब एक महिना अगाडी देखि प्रदेशसभा चल्न सकेको छैन । प्रदेश सरकारले पनि संसदलाई विजनेस दिन सकेको छैन । अहिलेको समयमा बाढी, पहिरो लगायतका नागरिकका समस्या भएपनी संसद बैठक बस्न नसकेकोमा प्रदेश प्रमुख प्रतिपक्षी दल एमालेले बिरोध जनाएको छ ।

सरकार संसदबाट बेखवर भएको बताउँदै प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जगन्नाथ थपलियाले भन्नुभयो–‘प्रदेशका जिल्लाहरुमा यतीका धेरै बाढी, पहिरो गएको छ तर, सरकार कहाँछ भनेर खोज्नुपर्ने बेला आएको छ । संसदमा बिजनेस पनि नदिने र संसद पनि खोल्न नदिने सत्तारुढ दलको अहिलेको अवस्थाले प्रदेश सरकारको औचित्यमाथीनै प्रश्न उठेको छ ।’

प्रदेशसभा बैठक चलाउनका लागि प्रदेश सरकारले खासै चासो दिएको छैन । यो साउन महिनाको अन्त्य सम्ममा पनि बैठक नबोलाउने हो भने आफुहरुले सभामुखलाई संसद बैठक बोलाउनका लागि ज्ञापनपत्र बुझाउने तयारी गरेको थपलियाले बताउनुयो । अहिले पनि सरकारका मन्त्रीहरु मन्त्रालय नबस्ने र नागरिकका कामहरु आउँदा पन्छीने गरेको थपलियाले आरोप लगाउनुभयो ।

प्रदेश समाचार बागमती प्रदेश