विपद् व्यवस्थापनमा सकृय हुँदै एमाले मकवानपुरका स्वंमसेवक टोली

हेटौंडा / नेकपा (एमाले) मकवानपुरको जिल्ला विपद् व्यवस्थापन स्वंमसेवक टोलीले जिल्लामा भइरहेको अविरल वर्षा र यसबाट उत्पन्न हुन सक्ने प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि आवश्यक पहल थालेका छन् ।

 

स्वंमसेवकहरुले आइतबार भीमफेदी गाउँपालिकाको भैँसे सडक खण्डमा आएको पहिरो र भूस्खलनबाट भासिएको सडकबाट हुन सक्ने दुर्घटना र अन्य क्षती न्यूनीकरणको कार्य गरेका छन् ।

 

भीमफेदीकै बाघझोरामा भारी वर्षाको कारण खहरे खोलामा पानीको सतह बढ्दा दुईतर्फी सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण र बाटो सरसफाइको कार्य गरेको विपद् व्यवस्थापन तथा स्वंमसेवा विभागका प्रमुख शिवहरि दाहालले जानकारी दिए ।

निरन्तर वर्षातको कारण यहाँको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा उच्च जोखिममा रहेको जल तथा मौसम विभागले पनि सूचना जारी गरिसकेको अवस्थामा एमालेको स्वंमसेवक टिमले जिल्लाको विभिन्न जोखिम हुने स्थानहरुको अनुगमन गरी जोखिम न्यूनीकरण र आवश्यक सहजीकरणको कार्य गरिरहेको प्रमुख दाहालले बताए ।

 

जिल्लामा हुनसक्ने जोखिम न्यूनिकरणको लागि सबैले आआफ्नो स्थानबाट अग्रसरता देखाउन उनले अनुरोध गरेका छन् ।

 

नेकपा एमाले मकवानपुरको स्वंमसेवक टिममा विभिन्न जनवर्गिय संगठनका अगुवा नेता कार्यकर्ता तथा जिल्ला स्वंमसेवक बिभागका सदस्यहरु रहेको ५० जनाको टोली रहेको बिभागका सदस्य सुरेश बेरोजगारले जानकारी दिए ।

मुख्य समाचार राजनीति समाज