पेट्रोलमा ५ र डिजेलमा १४ रुपैयाँ बढ्यो

हेटौंडा । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले बुधवार बिहान १ बजेबाट लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ र डिजेल/मट्टितेलमा १४ रुपैयाँ वृद्धि गरेको हो

मूल्यवृद्धि सँगै अब उपभोक्ताले प्रतिलिटर पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रुपैयाँ थियो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएकोले मूल्य समायोजन गरिएको निगमले दावी गरेको छ ।

समाज