कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ६ र ७ गते

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड ल्याउने विद्यार्थीका लागि  सञ्चालन गर्ने भएको छ।
वैशाख २६ देखि जेठ ५ गतेसम्म सम्पन्न कक्षा १२ को अन्तिम परीक्षामा १ लाख ८२ हजार विद्यार्थी ननग्रेडेड भएका छन् । देशभरबाट ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
दुई विषयसम्म ननग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । एक विषयमा मात्र ननग्रेड आउनेको संख्या ७९ हजार ५८४ छ। करिब ४९ हजार विद्यार्थी भने २ भन्दा बढी विषयमा ननग्रेड भएका छन् ।

शिक्षा