आइतबार खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु

मकवानपुरमा आइतबार खोलाले बगाउँदा ४ वर्षीय बालिकाको मृत्यु भएको छ ।

जिल्लाको कैलाश गाउँपालिका–१० स्थित मनहरी खोलाले बगाउँदा स्थानीय सुमनसिंह स्याङतानकी छोरी प्रमिसा स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, साथीहरूसँग पौडी खेल्न गएकी प्रमिसाको खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार