हेटौंडा एकेडेमीमा अध्यनरत बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा-११ स्थित हेटौंडा एकेडेमीमा अध्ययनरत एक बालिकामाथि यौन दुर्व्यवहार भएको छ ।

विद्यालयका कर्मचारीले विद्यालयमा अध्ययनरत ८ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपरका अनुसार घटना गत साउन १५ गतेको हो ।

परिवारले जाहेरी दिएपछि शनिबार विद्यालयका आरोपित एकजना कर्मचारीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

समाज