हेटौंडाबाट अवैध कपडा बरामद

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे चेकपोष्टबाट प्रहरीले मंगलबार अवैध कपडा बरामद गरेको छ ।

प्रहरीले उक्त स्थानबाट ४० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.४ ख. २१९१ नम्वरको यात्रु बाहक बसलाई चेक जाँच गर्ने क्रममा उक्त बसको पछाडी डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा उक्त मूल्य बराबरको कपडा बरामद गरेको हो ।

बरामद कपडाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचार