अवरुद्ध कान्तिलोकपथमा पुनः यातायात संचालन

पहिरोका कारण अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्डमा पुनः यातायात संचालनमा आएको छ ।

गएराति उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडा प्रहरी चौकी नजिकै वर्षासँगै गएको पहिरोको कारण अवरुद्ध कान्तिलोकपथ सडक आज बिहान ९ बजेदेखि पुनः संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।

पहिरोका कारण उक्त सडकखण्ड हुँदै काठमाडौं जाने र आउँने दुबैतर्फको यातायात अवरुद्ध बनेको थियो । पहिरो गएको स्थान ललितपुर जिल्ला र मकवानपुर जिल्लाको सिमाना पर्दछ ।

हाल संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग, भीमफेदी–कुलेखानी सडकखण्ड र सिस्नेरी सडकखण्ड सबै सुचारु रहेको प्रहरीले जनाएको छ ।

समाज