बागमती प्रदेशमा सवारी साधनको भाडादरमा वृद्धि

बागमती प्रदेशमा सवारी साधनको भाडादरमा वृद्धि भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका विभिन्न स्थानमा संचालनमा रहेको सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै बागमती प्रदेश अन्तर्गत पर्ने १३ वटै जिल्लाको सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरेको जानकारी गराएको हो ।

शुक्रबादेखि लागू हुनेगरी जारी गरिएको भाडादर वृद्धिमा काडमाडौं उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीको भाडादर ८ दशमलव ३ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

यसैगरी पेट्रोलियम पर्दाथबाट चल्ने ट्याक्सीको भाडादर ३ दशमलव ४४ प्रतिशत र मालवाहक सवारी साधको भाडादर प्रतिकिमी प्रतिटन ७ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सवारी साधनको भाडादरमा पनि वृद्धि गर्नुपरेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेश समाचार बागमती प्रदेश