आज मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका काम कारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्ड र अमेरिका भ्रमणमा रहँदा गरिने काम र जाने प्रतिनिधिमण्डलको विषयमा पनि छलफल हुनेछ ।

यस अगाडिको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अमेरिका भ्रमण स्वीकृत गरेको थियो ।

राजनीति