वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

जनकपुरधाम । नेपाली पत्रकारिता क्षेत्रको जिउँदो इतिहासको रुपमा चिनिने स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन भएको छ ।

नेपालीको निजी निवास जनकपुरधाम उप–महानगरपालिका वडा नं २३ लादोबेलास्थित आइतबार साँझ निधन भएको हो ।

उनका छोरा राघवेन्द्रप्रसाद साहका अनुसार, लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित उनी झन्डै १४ महिनादेखि बिरामी थिए । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो ।

नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता शुरुआत गरेका थिए । विसं २०१५ सालमा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन शुरु गरेका थिए ।

समाज