आधुनिक माबिमा युवा रेडक्रस सर्कल

आधुनिक राष्ट्रिय माबि, हेटौंडा- ४ मा युवा रेडक्रस सर्कल पुनर्गठन भेलाको आयोजना गरिएको छ।

आधुनिक राष्ट्रिय माबिका बिधालय ब्यबस्थापन समितीका अध्यक्ष समिम खानको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिबहरि दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बिधालयका प्रधानाध्यापक रामसागर गुरागाइ, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका उपकोषाध्यक्ष अभि मैनाली, युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडा, बिधालयका सहायक प्रअद्वय दिपक अधिकारी र मालती पोखरेल, शिक्षक नायक सोम प्रसाद आचर्यले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

भेलामा रेडक्रस मकवानपुरका उपमन्त्री दाहालले बिश्व रेडक्रस र नेपाल रेडक्रस अभियान, जुनियर/ युवा रेडक्रसको आबस्यकता र महत्व लगायतका बारेमा बिद्यार्थीहरुलाइ प्रशिक्षण दिनुभएको थियो ।

भेलाले आभास कटुवालको अध्यक्षमा ११ सदस्यीय आधुनिक युवा रेडक्रस सर्कल गरेको छ ।

 

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय