मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजलाई

हेटौंडा । मकवानपुरगढी जेसीज कप फुट्सल प्रतियोगिताको उपाधि सौराह जेसीजले जितेको छ ।

शनिबार मकवानपुरगढी गाउँपालिकामा भएको फाइनल खेलमा आयोजक मकवानपुरगढी जेसीज (प्रस्तावित)लाई ७–२ गोल अन्तरले हराउँदै सौराहले उपाधि जितेको हो । सौराहले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता बनेको आयोजक मकवानपुरगढीले ५० हजार रुपैयाँमै चित्त बुझाएको छ ।

सौराहको जितमा असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरेका थिए भने मकवानपुरगढीका विवश थिङले २ गोल फर्काएका थिए ।

खेलकुद