बागमती प्रदेश सभा बैठक सुरु

बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा केही घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो ।

‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने र प्रदेश मामिला समितिमा पठाइने कार्यसूची रहेको छ ।

उक्त विधेयक प्रदेश सभाबाट सर्वसम्मत पारित भएपनि प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुर्नविचारको लागि फेरी प्रदेश सभामा नै फिर्ता पठाएको थियो । सो विधेयकमा प्राविधिक त्रुटी र अधिकांश शब्द संयोजनहरुसमेत नमिलेकाले पुर्नविचार हुन आवश्यक देखिएको भन्दै प्रदेश प्रमुखले पुनः प्रदेश सभामा पठाएको जनाएको छ ।

प्रदेश समाचार बागमती प्रदेश