कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध

मंगलबार परेको बर्षाका कारण हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको भट्टेडाँडामा  पहिरो खसेको र  कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत २ ठाउँमा पहिरो खसेका कारण सडकखण्ड अबरुद्ध बनेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताएका छन् । अवरुद्ध सडकखण्ड खुलाउन जेसिबी प्रयोग भइसकेको जनाइएको छ । 

समाज