धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

हेटौंडा । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गरिएको हो । उनले दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।
उनले गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको सम्पूर्ण सुरक्षा गर्ने र राज्यले अपराधी करार गरेर समातेको खण्डमा उसको सबै परिवारको पालन पोषण गर्ने भन्दै भाषण गरेका थिए ।
साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेकाे आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

समाज