स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा सम्पन्न

हेटौंडा- स्वास्थ्य कार्यालय मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । हेटौंडाको नागरिक भवनमा दुई दिनसम्म समिक्षा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बार्षिक कार्यक्रम र भावी योजनाबारे प्रस्तुती प्रस्तुत गरेका थिए । वार्षिक समिक्षाको अवसरमा स्वास्थ्यको सूचकको रुपमा थाहा, मकवानपुरगढी र हेटौंडालाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । दुईदिन चलेको समिक्षा कार्यक्रममा सरकारी, गैरसरकारी संघ संस्था, जिल्ला आयुर्वेद, अस्पताल र स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा १० वटै स्थानीयतहका स्वास्थ्य शाखा प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए । बर्षभरि गरेका कार्यक्रम र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमहरुको बिषयमा छलफल भएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख डा.खगेश्वर गेलालको बिशेष आतिथ्यता तथा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उप सचिव हरीकृष्ण फुयाँल,स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भूषाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुर प्रमुख डा.ललिता पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत भागरथप्रसाद रौनियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य