बागमती प्रदेश सभा बैठक आज बस्दै

बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको भवनमा दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा विभिन्न समितिबाट पारित गरी पठाइएको विधेयक छलफलको लागि पेश गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश सभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

बागमती प्रदेश सभामा हाल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीलाई प्रतिनिधित्व गर्ने सांसद् रहेका छन् 

प्रदेश समाचार बागमती प्रदेश