बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै

बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको भवनमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश मामिला समितिद्वारा तयार पारेको प्रतिवेदन पास गर्ने लक्ष्य रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, आजको बैठकमा विभिन्न समितिबाट पारित गरी पठाइएको विधेयक छलफलको लागि पेश गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रदेश समाचार बागमती प्रदेश