मोटरसाइकलको ठक्करबाट हेटौंडाका पौडेल गम्भीर घाइते

धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सानो गंगटेस्थित आइतबार साँझ मोटरासइकलले ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, आइतबार साँझ ७ बजेको समयमा हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना.६ प.७१२ नं.को मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री पौडेले गम्भीर घाइते भएका हु्न ।

घाइते पौडेलको हेटौंडा अस्पतालमा उपचार सम्भवन नभएपछि चितवनको भरतपुर रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

उनलाई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज