दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडाका पौडेलको मृत्यु

सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेलको आज बिहान मृत्यु भएको छ ।

पौडेलको चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ९ः२ बजेको समयमा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने हेटौंडा–१७ सानो गंगटेस्थित आइतबार साँझ हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना.६ प.७१२ नं.को मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री पौडेले गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्दार गरी हेटौंडा अस्पतालमा ल्याएकोमा उपचार सम्भव नभएपछि आइतबार राति नै भरतपुर रिफर गरिएको थियो ।

उनलाई ठक्कर दिने मोटरसाइकल र चालक बकैया गाउँपालिका–१२ घलेगाँउ बस्ने ३१ वर्षीय बलराम घलेलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

समाज