हेटौंडामा क्रेनले किचेर एक जनाको ज्यान गयो

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० कर्रा चोक नजिकै आज दिउँसो क्रेनले किचेर एक जनाको ज्यान गएको छ ।

दिउँसो १ः४५ बजेको समयमा प्रदेश २–०३००१ क २०२४ नम्वरको क्रेन ब्याक गर्ने क्रममा किचेर सोही क्रेनका सहचालकको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा पर्साको बिरगंज महानगरपालिका वडा नम्वर ३० लाल पर्सा बस्ने अन्दाजी २८ वर्षीय सानबाबु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार, क्रेनले किचेर गम्भीर घाइते भएका उनको २ः४० बजेको समयमा हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक पासवानको शव हाल हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

प्रहरीले क्रेन र क्रेन चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाचार