प्रहरी दिवसको अवसरमा हेटौंडा-७ न्युरेनी चिसापानीको पशुपति मन्दिरमा वृक्षारोपण

हेटौंडा। हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण गरेको हो ।

हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको विशिष्ट अतिथ्यतामा वृक्षारोपण गरिको हो । वृक्षारोपण कार्यक्रममा अम्बा,आँप,बेल लगायतका एक दर्जन विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएको थियो। वृक्षारोपण कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे, वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी,संगालो टोल विकास समिति पुर्व अध्यक्ष दिलीप सुवेदी,वर्तमान अध्यक्ष वेद प्रसाद भट्टराई,चौघडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिष्णु दाहाल,स्थानीय युवाहरुको उपस्थिती रहेको थियो। पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गरेको मन्दिर परिसरमा गरिएको वृक्षारोपणले आन्तरिक पर्यटनमा टेवा पुग्ने मन्दिरका अध्यक्ष घिमिरेले बताए।-prastakhabar

समाज